बैशाख २२, २०८१, शनिबार
               

टीका लाउँदा दिने आशिषको अर्थ र महत्व

नेपाल फ्ल्यास
असोज २०, २०७६

ADVERTISEMENT

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

माथिका पंति दशैंमा टीका लगाएर मान्यजनले दिने आशिर्वाद हुन् । यसको अर्थ र महत्व भने कमैलाई मात्र थाहा छ ।

त्यो श्लोकले भनेको छ:
द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु बन्नू । राजा दशरथको जस्तो श्रीसम्पत्ति मिलोस् । भगवान् रामको जस्तो शत्रु नाश हुन् ।

त्यस्तै, नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस् भनी मान्यजनले हामीलाई दिने गरेका छन् । पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरताको कामना पनि मान्यजनले गर्ने गर्दछन् ।

हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी आशिष दिने गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि