बैशाख २१, २०८१, शुक्रबार
               

आज विजयादशमी, मान्यजनबाट टीका लगाई आशिर्वाद लिइँदै

नेपाल फ्ल्यास
असोज २१, २०७६

ADVERTISEMENT

आज आश्विन शुक्ल दशमी अर्थात् विजयादशमी । नेपालीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँदै छन् । आजको दिनलाई बडादसैं पनि भनिन्छ ।

यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने भनाइ छ । दशैंमा आजदेखि सुरु भएको टीका पूर्णिमासम्म लगाउने चलन छ ।
 
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा दशैंलाई लिइन्छ । त्यसैले यसलाई विजयादशमी भनिएको हो ।
 
घटस्थापनाको दिन पूजाकोठा तथा दसैंघरमा नौ दिनसम्म पूजा गरी राखेको पहेँलो जमरा र रातो टीकासँगै ग्रहण गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितका अनुसार यो वर्षको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनटेमा रहेको छ ।
 
आजका दिन परिवरका आफूभन्दा ठूला मान्यजनको हातबाट टीका लगाई उनीहरुबाट यश, ऐश्वर्य, बुद्धि, दीर्घायु प्राप्तिको आशीर्वाद लिने गरिन्छ ।
 
दशैंमा नयाँ लुगा लगाउने तथा मिठो परिकार खाने, रमाइलो गर्ने परम्परा छ । दशैंले काम, क्रोध, लोभ, मोह, अहंकार, हिंसा आदि त्याग्न प्रेरणा दिने विश्वास छ।


कस्तो लाग्यो ?

यो पनि