बैशाख २५, २०८१, मंगलबार
               

महासप्तमी अर्थात् फूलपातीको महत्व के छ ?

नेपाल फ्ल्यास
असोज १७, २०७६

फाइल फोटो
ADVERTISEMENT

नेपालीहरुको महान चाड दशैंमा सबै दिनको विशेष महत्व छ ।
 
नवरात्रिको सातौं दिनलाई सप्तमी अर्थात् फूलपाती भनिन्छ ।

नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैं घरमा भित्र्याउने गरिन्छ ।

यसलाई कार्यलाई फूलपाती भित्र्याउने पनि भनिन्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतु आगमनको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोगव्याधि नलाग्ने विश्वास गरिन्छ ।

सप्तमीका दिन फूलपाती भित्र्याएपछि वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र अन्य प्रकारका नकारात्मक जीवाणुहरू घरभित्र नरहने विश्वास छ ।

फूलपातिका दिन गोरखा दरबारबाट हनुमानढोकामा फूलपाति ल्याइ भित्र्याउने चलन पनि छ ।

पूलपातिमा सदर टुँडिखेलमा बढाइँ गरिन्छ । त्यसपछि फूलपातीस्वरूप केरा, धान, हलेदो, दारिम, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजाआजा गरिन्छ ।

इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

फूलपातीका दिन महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । त्यस्तै किसानहरूले चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।


कस्तो लाग्यो ?

यो पनि