बैशाख २५, २०८१, मंगलबार
               

को हुन् विश्वकर्मा बाबा ? पूजाको महत्व के छ ?

नेपाल फ्ल्यास
भदौ ३०, २०७६

ADVERTISEMENT

प्रत्येक वर्ष असोज १ गतेका दिन विश्वकर्मा पूजा गरिन्छ । यो वर्ष १८ सप्टेम्बरमा विश्वकर्मा पूजा परेको छ । यो वर्ष आश्विन संक्रान्तिका दिन भगवान विश्वकर्माको जन्म सृष्टिकर्ता ब्रम्हाका सातौं पुत्रका रुपमा भएको हुनाले यस दिन विश्वकर्मा जयन्ती मनाइन्छ ।

विश्वकर्मा बाबा देवताका शिल्पीकार, वास्तुकार, प्रथम इन्जिनियर र मेशिनका देवताको रुपमा चिनिन्छन् ।

आधुनिक युगमा पनि मानव सभ्यताको विकासको लागि विश्वकर्माको महत्वपूर्ण स्थान भएकोले गर्दा विश्वकर्माको पूजा गरिन्छ ।

विश्वकर्मा पूजाको महत्व के हो ?

विश्वकर्मा पूजा घरमा भन्दा अफिस, कलकारखानामा विशेष रुपले गरिन्छ । निर्माण, इन्जिनियरको कामसँग सम्बन्धित ठाँउमा उत्साहका साथ यो पर्व मनाइन्छ ।

कारखानामा विश्वकर्मा पूजाका दिन सुख संमृद्धिको कामनासहित गाडी, मेशिन, औजार, हातहतियारका सफाइ गरेर फूल, अविर, केशरी, धुपबत्ती, मिठाइ चढाएर पूजा गरिन्छ । यस दिन विश्वकर्मा बाबाको सम्मान स्वरुप औजार मेशिनहरुलाई विश्राम पनि गराइन्छ । यसरी पूजा गर्नाले व्यापारमा वृद्धि साथै धनधान्य हुने मान्यता छ ।

यो दिन घरमा पनि गाडी, कम्प्युटर, ल्यापटप, विभिन्न घरेलु औजार, हतियारको पूजा गरिन्छ । त्यस्तै विश्वकर्मा मन्दिरमा विशेष पूजा आरती हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि