बैशाख २५, २०८१, मंगलबार
               

इन्द्रजात्रामा राजाको माग

नेपाल फ्ल्यास
भदौ २७, २०७६

ADVERTISEMENT

यस वर्षको इन्द्रजात्रा संभवत इतिहासकै सबैभन्दा तनावपूर्ण रुपमा बित्यो । इन्द्रजात्रामा राष्ट्रपति होइन राजा चाहिन्छ भन्ने मागसमेत उठ्यो ।

गुठी विधेयकले नेपाली धर्म संस्कृति बिगार्न खोजेको भन्दै त्यसविरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारीको साथ नपाएको भन्दै विरोध गरिएको हो ।

सोही कारण आज शुकबार इतिहासमै सबैभन्दा कडा सुरक्षा व्यवस्थाबीच इन्द्रजात्रा मनाइएको छ । राष्ट्रपति आउँदा विरोध प्रदर्शन हुने सूचना सुरक्षा निकायले पहिले नै पाइसकेको थियो । त्यसैले सतर्क अवस्थामा रहेको प्रहरीले २४८ थाल कालो टिसर्टसमेत बरामद गरेको थियो । राष्ट्रपति आउनु केही समयअघिमात्र त्यो बरामद गरिएको थियो ।

राष्ट्रपतिले कडा सुरक्षा पहराबीच इन्द्रजात्राको अबलोकन गरिन् । राजा चाहिने माग गर्दै काठमाडौंको भूगोलपार्कमा प्रदर्शन भएको थियो । आजै भष्ट्राचार विरोधी अभियान समूहले दिउँसो १ बजे बसन्तपुरस्थित भुगोलपार्कमा कार्यक्रम राखेकोले पनि स्थिति भडकिन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका थिए ।

इन्द्रजात्रामा राष्ट्रपति होइन, राजा जानुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका पूर्वडीआईजी विजय भट्ट पनि पक्राउ परेका छन् । उनीसहित ३५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाँच जना महिला छन् । उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि