बैशाख २६, २०८१, बुधबार
               

यही वर्षभित्र नेपाल हिन्दु राष्ट्र हुन्छ : अध्यक्ष पटेल

नेपाल फ्ल्यास
साउन २८, २०७६

ADVERTISEMENT

हिन्दु परिषद् नेपालका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले यही वर्षभित्र नेपाल हिन्दु राष्ट्र हुने वातावरण तयार हुँदै गइरहेको दाबी गरेका छन् ।

हिन्दु परिषद् नेपाल केन्द्रीय कार्यसमितिले मङ्गलवार काठमाडौँस्थित मधेस मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पटेलले यस्तो दाबी गरेका हुन् ।

विदेशी शक्तिहरूले चलखेल गरी षड्यन्त्रपूर्वक नेपालबाट रातारात हिन्दु राष्ट्रबाट धर्मनिरपेक्षता घोषणा गराएको आरोप लगाएका छन् ।

उनले नेपालका नेताहरूलाई विभिन्न प्रलोभनमा पारी विश्वका एक मात्र हिन्दु राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाएको दाबी गरेका छन् ।

‘नेपाल हिन्दु राष्ट्र हुँदा कुनै पनि धर्मका व्यक्तिलाई खतरा थिएन, तर अहिले धर्म निरपेक्षता हुँदा क्रिस्चियनहरूले विभिन्न धर्मावलम्बीहरूबिच द्वन्द्वको अवस्था सिर्जना गरिरहेका छन्’, अध्यक्ष पटेलले भने, ‘अब पुनः नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ ।’

‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ’ आफूहरूको एक सूत्रीय माग रहेको परिषद्का अध्यक्ष पटेलले बताएका छन् । हिन्दु राष्ट्रका लागि अन्तर्राष्ट्रियसतरमा समेत चर्चा चलिरहेको दाबी उनले गरेका छन् ।

काठमाडौँ जिल्ला कार्यसमिति घोषणा

गणेश थापाको अध्यक्षतामा हिन्दु परिषद् नेपालले २८ सदस्यीय काठमाडौँ जिल्ला कार्यसमिति घोषणा गरिएको छ । जसको उपाध्यक्षद्वय मुगबहादुर मगर (मंगल थापा) र गीता साह रहेका छन् ।

यसै गरी, सदस्यहरू सुजित कुमार साह, भुवनसिंह शिवाकोटी, देवराज अधिकारी, सुन्दरबहादुर सुवेदी, प्रेमकुमार श्रेष्ठ, मेघराज साहू, निर्मला मजकोटी, रमेश सेढाई, ऋषि लामा, दालसिंह लामा, शिवप्रसाद खनाल, शिवजी बहादुर जी ठकुरी, हेमा मल्ल ठकुरी, विक्रम सापकोटा र साधना यादवरहेका छन् ।

यस्तै, मनोनीत केन्द्रस्य सदस्य तथा सल्लाहकारहरूमा उपेन्द्र झा, अनिल कर्ण, सपना अर्याल, श्याम सुन्दर राय कुर्मी, हंसा साह, पिंकी महासेठ, देवदत्त पन्त, अजय महतो र पल्टन ठाकुर रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि