बैशाख २५, २०८१, मंगलबार
               

हिन्दु राष्ट्र फर्काएरै छोड्ने शिवसेनाको चेतावनी

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

काठामाडौं - शिवसेना नेपालले नेपालमा हिन्दुराष्ट्र पुनस्थापना गरेरै छोडने बताएको छ ।

नेपाल फ्ल्याससँग कुरा गर्दै शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरूले जुनसुकै कदम चाल्ने बताए । उनले नेपाल र नेपालीको रक्षार्थ शिवसेना मर्न र मार्न नडराउने बताए ।

अध्यक्ष बस्नेतले ‘मातृभुमिको रक्षार्थ सबै नेपालीहरु एक हुनुपर्ने’ धारणा पनि राखे । उनले आफूहरु नेपाल आमाको सन्तान भएकाले आफ्नो आमा र धर्मको रक्षार्थ अबिचलित भएर उभिने योजना सुनाए ।

उनले नेपालीहरुको जन्मसिद्ध पहिचानलाई मेटाउन खोज्ने धर्मका दलालहरुलाई छानि–छानी कारवाही गर्ने चेतावनी पनि दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि