बैशाख २७, २०८१, बिहीबार
               

घट्यो सुनको भाउ

नेपाल फ्ल्यास
असोज १०, २०८०

ADVERTISEMENT

काठमाडौं । आज सुनको भाउ आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा झरेको हो । 

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार तीन सय ८५ रुपैयाँ छ । 

हिजो तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि