बैशाख १५, २०८१, शनिबार
               

एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा  ‘बजार जाऔँ’ कार्यक्रम

नेपाल फ्ल्यास
असोज ०४, २०८०

ADVERTISEMENT

काठमाडौें । एनसेल आजियाटा लिमिटेडको १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘बजार जाऔँ’ ९गो टु मार्केट० कार्यक्रम सम्पन्न गरेको छ । 

‘बजार जाऔँ’ ग्राहकहरुका गुनासा, सल्लाह र सुझावहरु व्यक्तिगत रुपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो ।

एनसेलका कर्मचारीहरु देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा बिक्रेताहरुका पसल–पसल गएर आफ्ना ग्राहक र खुद्रा बिक्रेताहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन् । 

कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईँकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको एनसेलले जनाएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ लगायत व्यवस्थापनका उच्चपदस्थ अधिकारीहरुले आइतवार एनसेल सेन्टरहरु र खुद्रा बिक्रेताका पसलहरुमा भ्रमण गरेका थिए । उनीहरुले ग्राहकहरूसँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू समाधान गर्ने, सहजीकरणका लागि सहयोग गर्दै सल्लाह र सुझाव लिएका थिए । 

देशैभरका सबै एनसेल सेन्टरहरु र ५ वटाभन्दा बढी खुद्रा बिक्रेताहरुका पसल पुगेको एनसेलले जनाएको छ । साथै ग्राहक, उपभोक्ताहरु र बिक्रेताहरुसँग प्रत्यक्ष कुराकानी गरी  मायाको चिनो समेत वितरण गरिएको कम्पनीले जनाएको छ ।त्यस्तै, मानव विकास सूचकाङ्क न्यून भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकहरुसँग अन्तरक्रिया गर्न सेलिब्रेटीहरुको एनसेल सेन्टरहरुमा भ्रमण लगायत कार्यक्रम पनि गरिएको एनसेलले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि