बैशाख १५, २०८१, शनिबार
               

गएको आर्थिक वर्षमा एनसेलबाट सेवा विस्तार र गुणस्तरमा ब्यापक सुधार
३ सय ३८ मोबाइल टावर जडान

नेपाल फ्ल्यास
साउन २६, २०८०

ADVERTISEMENT

काठमाडौं । आजियाटा लिमिटेड एनसेलले ३ सय ३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस)  अर्थात् मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गएको आर्थिक वर्ष २०७९—८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् ।

पहिलो पटक फोरजी सेवा विस्तार गरिएका नयाँ ठाउँहरुमा उत्तरगया गाउँपालिका  (रसुवा), ठाटीकाँध गाउँपालिका (दैलेख), दुर्गाथली गाउँपालिका (बझाङ), जन्तेढुङ्गाा गाउँपालिका (खोटाङ) का ग्रामीण इलाक र इनरुवा नगरपालिकाका नयाँ ठाउँ रहेका छन् । 
हिमाली, पहाडी र तराई भेगका ५५ ग्रामीण तथा दुर्गम ठाउँहरूमा पहिलो पटक सेवा विस्तार गरिएको एनसेलको भनाइ छ ।   
गएको आर्थिक बर्षमा नै एनसेलले आफूले प्रदान गर्दै आएको सेवाको गुणस्तर सुधार र ग्राहकको सेवा अनुभव अभिवृद्धि गर्न २ सय ८३ नयाँ टावरहरु बिस्तार गरेको छ । यी मोबाइल टावरहरु सातै प्रदेशका ५० भन्दा बढी जिल्लामा जडान गरिएको कम्पनीको भनाइ छ । 

एनसेलले फोरजी क्षमता अभिवृद्धि गर्दै गएको आवमा विभिन्न ६० जिल्लाका झण्डै १ हजार ४५० मोबाइल टावरहरुको स्तरोन्नति पनि गरेको छ ।  लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, मधेस प्रदेशका विभिन्न ठाउँमा टावर राखिएको छ । त्यसैगरी गाउँपालिकास्तरमा जडित ४ सय ४० वटाभन्दा बढी टावरहरुको स्तरोन्नति गरिएको एनसेलले जनाएको छ । यसबाहेक, एनसेलले देशका विभिन्न महानगरपालिका र उप–महानगरपालिकामा रहेका आफ्ना टावहरुको स्तरोन्नति गर्दै फोरजी क्षमता बढाइरहेको छ ।  


 


कस्तो लाग्यो ?

यो पनि