बैशाख १५, २०८१, शनिबार
               

जुनसुकै समय, जुनसुकै ठाउँ ‘बिन्दास डेटा प्याक’ एनसेलको अफर

नेपाल फ्ल्यास
साउन १५, २०८०

ADVERTISEMENT

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डेटा प्याक’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ। 

ग्राहकहरूले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो प्याक लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार  ग्राहकहरूले कुनै डेटा भोल्युम सीमाविना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउने छन् । 

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ । 

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि  यो अफर उत्तम विकल्प हुने एनसेलले जनाएको छ।

कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले करसहित मात्र २५ रुपैयाँमा १२ घण्टा(बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्नेछन्।


 


कस्तो लाग्यो ?

यो पनि