बैशाख १५, २०८१, शनिबार
               

सुनको मूल्य अहिलेसम्मकै धेरै

नेपाल फ्ल्यास
माघ १९, २०७९

ADVERTISEMENT

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो। महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको छ। यसअघि गएको १२ गते सुनको मूल्य बढेर तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको थियो। यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ७ हजार पुगेको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधवारको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। 


कस्तो लाग्यो ?

यो पनि