चैत १६, २०८०, शुक्रबार
               

अर्थतन्त्र खराब अवस्थामा, छलफलमा प्रधानमन्त्री

नेपाल फ्ल्यास
पुस २०, २०७९

ADVERTISEMENT

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्थाबारे जानकारी लिँदै सुधारका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले  अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् ।

मुलुकको अर्थतन्त्र र बैङ्किङ क्षेत्रका समस्या तथा समस्या समाधानको उपायबारे प्रधानमन्त्रीले परामर्श गरेका हुन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । 

प्रधानमन्त्रीले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्न सकिनेबारे चासो राखेका थिए ।

छलफलका प्रधानमन्त्रीले अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सचेत तुल्याउन आवश्यक रहेको जनाएको बालुवाटार स्रोतले जनाएको छ ।

यो पनि