बैशाख ०८, २०८१, शनिबार
               

गए जनार्दन, देउवाले नै सम्हाले अर्थ

नेपाल फ्ल्यास
असार २२, २०७९

ADVERTISEMENT

विवादास्पद छविका जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्। 

अर्थमन्त्रीको कार्यभार पनि आफैँले सम्हाल्ने गरी तोक्दै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको सिफारिस गरेका थिए। सोहीअनुसार देउवाले तत्कालका लागि अर्थमन्त्रालय समेतको जिम्मेवारी लिएका हुन्।

अर्थमन्त्रीको राजीनामासँगै अर्थमन्त्री को बन्ने भन्ने अड्कलबाजी यतिबेला चलिरहेको छ। शर्मामाथिको छानबिन नसकिएसम्म माओवादीबाट अर्को अर्थमन्त्री सिफारिस नहुने बताइएको छ।

अर्कोतर्फ, अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम पनि आएको थियो । कांग्रेस नेताहरू गगन थापादेखि उद्योगी सांसद विनोद चौधरीसम्मले अर्थमन्त्रीका लागि दौड बढाएका थिए। 

यो पनि