बैशाख ०८, २०८१, शनिबार
               

अन्तत: तोकियो उखुको मूल्य, किसान अझै मारमा

नेपाल फ्ल्यास
पुस २१, २०७८

ADVERTISEMENT

सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । अब उखु मिलहरूले प्रतिक्विन्टल ५ सय ९० रुपैयाँमा उखु किन्ने छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेर पठाएको लागत मूल्यका आधारमा प्रस्तावित मूल्यसहितको प्रस्तावलाई उद्योग मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लगेको थियो । 

उखु किसानले भने प्रतिक्विन्टल ६ सय ८० रुपैयाँसम्मको माग गरेका थिए । कम्तीमा पनि प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ हुनुपर्ने उनीहरूको अडान थियो । तर सरकारले भने ५ सय ९० रुपैयाँ निर्धारण गरेको हो ।

चिनी उद्योगीले भने प्रतिक्विन्टल ५ सय ८० रुपैयाँसम्म दिन सक्ने बताउँदै आएका थिए । सरकारले तोकेको मूल्य किसानभन्दा उखु मिलहरूको पक्षमा छ ।

बिहीबारको सार्वजनिक लेखा समितिले सरकारलाई उखुको भुक्तानी चाँडो दिलाउन र समर्थन मूल्य चाँडो तोक्न समेत निर्देशन दिएको थियो ।

चिनी मिलहरूले किसानलाई अझै करिब पौने ९ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि