बैशाख ०८, २०८१, शनिबार
               

सुनको कोटा दैनिक ३० किलो बनाउन व्यवसायीको माग

नेपाल फ्ल्यास
कात्तिक २८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो ।

राष्ट्र बैंकको बिदेशी बिनिमय व्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी ब्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिबेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो ।

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले हाल विभिन्न बाणिज्य बैंक मार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन गोल्ड बैंक मार्फत आपूर्ति गर्ने व्यवस्था मिलाउनु पर्ने आवश्यकता औंल्याए । यस्तै विभिन्न नाकावाट सुनको वितरण गर्नुपर्ने नीतिगत व्यवस्था भए पनि हालसम्म सुनको वितरण काठमाडौं केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै सहजरुपमा तोकिएका नाकावाट व्यवसाायीले कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता रहेको बताए ।

भेटका क्रममा कार्यकारी निर्देशन पौडेलले व्यवसायीका तर्फवाट वुझाइएको प्रतिवेदन ग्रहण गर्दै व्यवसायीका मागलाई सम्वोधन गर्न आवश्यक पहल गर्ने आश्वासन दिए । भेटमा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति थियो ।


कस्तो लाग्यो ?

यो पनि