बैशाख १४, २०८१, शुक्रबार
               

सातामा सुनको मूल्यमा ३ हजार ४ सयले वृद्धि

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं . तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकेको थियो ।

त्यसपछि कातिक २२ गते कारोबार खुल्दा छापावाल सुनको मूल्य १५ सयले बढेर ९२ हजार ५०० रुपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पुगेको थियो । त्यसयताका दिनमा कात्तिक २३ गतेमात्र सुनको मूल्य घटेको छ ।
त्यसबाहेक अन्य सबै दिन बढेको सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको महासंघले बताएको छ । यो आइतबार कारोबार खुलेको दिनदेखि अन्तिम कारोबार दिनसम्ममा ३४ सयको वृद्धि हो ।

यस्तै, यो साता चाँदीको मूल्यमा ६० रुपैयाँको वृद्धि आएको छ । कात्तिक १८ गते तोलामा १२ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ हिजो शुक्रबारसम्ममा १२ सय ८५ रुपैयाँ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि