बैशाख १५, २०८१, शनिबार
               

सुनचाँदीको भाउ बढ्याे, तोलाको कति ?

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

आज धनतेरस । तिहारकाे पहिलाे दिन, धनतेरसमा सुनचाँदी किन्दा शुभ मानिने भएकाले सर्वसाधारणहरूकाे यस दिन सुनचाँदी तथा भाँडा पसलमा घुइँचाे लाग्ने गर्दछ । सुनचाँदीको मूल्य लगातार दोश्रो दिन पनि वृद्धि भएको छ । कार्तिक १६ गते, धनतेरसका दिन सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको पनि मूल्य वृद्धि हुँदा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ पुगेको थियो । चाडपर्व सुरूभएसँगै सुनचाँदीकाे मूल्य बढिरहेकाे छ ।

यस दिन सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले नै उकालो लागेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भइरहेको छ । महासंघको तथ्यांक अनुसार अघिल्लो कारोबार दिन पनि चाँदी पाँच रुपैयाँले नै बढेर प्रतितोला एक हजार २४५ रुपैयाँ तोकिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि