जेठ ०१, २०८१, मंगलबार
               

फेरि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन आवेदन फारम फेरि खुलेको छ । आवेदन फारम भर्दा देखिने समस्या हटेसँगै आजदेखि फेरि आवेदन दिनसक्ने वातावरण बनेको यातायात व्यवस्था विभागले जनाएको छ ।

धेरै आवेदकले एकैचोटी फारम भर्न खोज्दा सिस्टममा भार परेर फारम भर्ने काम बन्द भएको थियो । अब सबै समस्या हल भएको र सेवाग्राहीले फारम भर्न सक्ने अवस्था बनेको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

बिहीबार एकैदिन झण्डै १० लाख जनाले फारम भर्न खोज्दा सिस्टममा समस्या आएकोले सेवाग्राहीलाई हतार नगरी फारम भर्न पनि उनले आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि