बैशाख १३, २०८१, बिहीबार
               

सुनको मूल्य ४०० रुपैयाँले वृद्धि

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ पुगेको हो । 

गत बुधबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले सस्तिँदै ९२ हजार रुपैयाँमा झरेको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने गत बुधबार कै मूल्य कायम हुँदै आज प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि