बैशाख १२, २०८१, बुधबार
               

सुनको भाउ लगातार तेश्रो दिन पनि बढ्यो

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

सुनको भाउ लगातार तेश्रो दिन बढेको छ । असोज २४ गते, आइतबार सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको पहिलो कारोबार दिन चाँदीको भाउ पनि सामान्य रुपमा बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदीको भाउ स्थिर रही प्रतितोला एक हजार १७० रुपैयाँ काय रहेको थियाे ।


कस्तो लाग्यो ?

यो पनि