चैत १६, २०८०, शुक्रबार
               

सुनचाँदीको आजको कारोबार हिजोकै मूल्यमा

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि सुनको मूल्य यही थियो ।

यस्तै, महासंघले चाँदीको प्रतितोला कारोबार मूल्य ११ सय ६० रुपैयाँ तोकेको छ । हिजो आइतबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि