जेठ ०८, २०८१, मंगलबार
               

समयमै कालाेपत्रे नगर्दा यातायातमा सास्ती

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

बारेकोट गाउँपालिका-१ सिल्पाचौरका दलबहादुर बुढा बिरामी श्रीमतीको उपचार गरेर नेपालगन्जबाट जाजरकोट सदरमुकाम पाँच घण्टामा पुगे । तर सदरमुकामस्थित पासागाड जिरो प्वाइन्टबाट कालेगाउँ चार किलोमिटर पार गर्न उनलाई सात घण्टा लाग्यो । 

बुढाले बिरामीलाई गाडीले गर्दा झन् बिरामी बनाएको बताए । सदरमुकाम भएर जाने बाटो रेडक्रस नजिकै भत्किएकाले जाजरकोट-डोल्पा सडक खण्डबाट यातायातका साधनहरू चलाउन सुरु गरिएको थियो । सो सडक स्तराेन्नतीको नाम दिएर काम थालिएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले काममा तीव्रता नदिँदा सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ ।

निर्माण व्यवसायी तथा राजनीतिज्ञ कमान खड्काले निःशुल्क सडक मर्मत गरेपछि अहिले जोखिम मोल्दै सो सडकमा यातायातका साधनहरू गुडिरहेका छन् । आठबीसकोट नगरपालिका रुकुम पश्चिमका नगरप्रमुख गोरखबहादुर केसीले सो सडकको स्तरोन्नति गर्ने ठेक्का लिएका छन् । लिएको जिम्मेवारी समयमा पुरा नगर्दा रुकुम पश्चिम, जाजरकोट र डोल्पाका नागरिकले निकै सास्ती खेप्नु परेको छ ।

 'सदरमुकामको सडक भत्किएको छ, पासागाड –कालेगाउँको सडक प्रयोग नगरी रुकुम पश्चिम, पूर्वी जाजरकोट र डोल्पा जान सकिँदैन बस चालक रमेश बिसीले भने, ‘यो सडक दुरीका हिसाबले करिब ३० मिनेटको हो तर हामीलाई कम्तीमा सजिलै पार गर्नसमेत २ घण्टा बढी लाग्छ । पानी पर्ने बित्तिकै रातभरि सडकमै बसेको हामीसँग पीडा छ ।’

सडक कालोपत्रे गर्ने जिम्मेवारी लिएर समयमै काम नगर्दा सर्वसाधारणले निकै दुख भोग्नु परेको भेरी नगरपालिका –१ का वडाध्यक्ष दीपक रानाले बताए । उनले भने, ‘ठेकेदार साथीहरू समयमा काम गर्नु हुन्न, गाली भने हामीले खानुपर्छ । सडक निर्माणको जिम्मा लिएका आठबीसकोटका नगरप्रमुख गोरखबहादुर केसीलाई कसैले भन्ने आट सम्म गर्दैनन् ।'

सडक डिभिजनका प्रमुख ध्रुव झासमेत काम देखेर हैरान छन् । केसी अर्थमन्त्री जनार्दन शर्माका विश्वास पात्र मात्र होइन नातेदारसमेत पर्छन् । केसीले समयमा काम पुरा नगर्दा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले दैनिक गाली खानुपरेको छ । पूर्व मन्त्री बस्नेतकै घर भएर जाने सबै यातायातका साधनहरू पाँच मिनेटमै हिलोमा फस्ने भएकाले पहिलो निसानामा उनै बस्नेत पर्छन् । पानी परेको दिन बस्नेतकै घरदेखि तल्लो क्षेत्रमा यातायात चलाउनै मुस्किल हुन्छ ।  केसीले जिम्मा लिएका अधिकांश योजनाहरू अधुरै छन् । 


कस्तो लाग्यो ?

यो पनि