बैशाख १८, २०८१, मंगलबार
               

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो । 
गत आइतबार बजारमा सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज यता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ ।  गत आइतबार एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।


कस्तो लाग्यो ?

यो पनि