बैशाख २०, २०८१, बिहीबार
               

राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, खर्च गर्ने बाटो खुल्यो

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । 

बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि ९ दिन सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । तर आज बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि बिहीबार प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो ।

गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि