बैशाख ०८, २०८१, शनिबार
               

पर्सामा मलको कालो बजारी बढ्याे, एक केजी युरियाको ४० रुपैयाँँ

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

पर्सा । जिल्लाको ग्रामिण क्षेत्रहरुमा मलखादको कालो बजारी बढेको छ । कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगञ्जले मल सकिएको भन्दै गत २७ गते आइतबारदेखि बिक्रीवितरण बन्द गरेको कारण कालो बजारी बढेको हो । मल अभाव भएको मौका छोपी व्यवसायी र कृषि सहकारी हरुले महँगो मुल्यमा बिक्री गर्न थालेपछि थप पिडा भएको किसानले बताएका छन् ।

सरकारले युरिया मलको अधिकतम बिक्री मूल्य प्रति बोरा ८ सय ५० रुपैयाँ र डिएपी मलको मूल्य अधिकतम प्रति बोरा २ हजार २ सय रुपैयाँ तोकेको छ । तर, पर्साका व्यवसायीहरु ले भने युरिया मल अहिले २ हजार रुपैयाँमा र डिएपी मल ३ हजार पाच सय रुपैयाँमा बिक्री गरिरहेका छन् ।

मल व्यवसायीहरुले युरिया मल खुद्रा ४० रुपैयाँमा बिक्रि बितरण गरिरहेको धोबिनी गाउँपालिकाको जगरनाथपुर गाउँकी महिला रजिया देबी रामले बताइन् । रजियाले भनिन, ‘मल खाद किन्न जादा पसल थापेर बसेका मल व्यवसायी ले भने मल खाद छैन पछि मल महँगो भाउमा पाउनु हुन्छ भनेर भन्ने गरेका छन ।’ धानबालीमा मल छर्ने समय भएकाले ४० रुपैयाँ नै तिर्न बाध्य भएको रजिया देबी रामले बताईन । उनले भनिन, ‘नेपाल सरकारले समयमा मल उपलब्ध नगराएको कारण किसानहरु मर्का परेको छ ।’

यता मल अभाव भएको कारण जिल्ला मा रहेको कृषि सहकारी संस्था हरले महँगो मुल्यमा गोप्य रुपमा अन्य व्यवसायीलाई बिक्री गरेपछि व्यवसायी हरुले खुला रुपमा बिक्री बितरण गरिरहेको बताइएको छ । अधिकांश व्यवसायीले भारतीय बजारबाट मल खरिद गरि पसल र गोदाम हरुमा राखेर अहिले प्रति केजी ४० रुपैयाँको दरले बिक्री गरिरहेका छन् ।

अहिले नेपालको सिमावर्ती गाउँ अमरपटी, प्रसौनी, धोरै, पकहा, खेसराहा, सबैठवा, भिस्वा, जयमंगलापुर, टिहुकी चारगाहा, मिर्जापुर भलवहिया, जानकिटोला दसौता, पाडेपुर पिडारीगुठी, बलुवा, सुवर्णपुर,बिजयबस्ती, ठोरी, लंगडी, मुडली , पोखरिया, सिरिसिया, बिन्दबासनी, महुवान, सेढवालगायत ठाउँका व्यवसायीहरु ले मनोमानि तरिकाले ४० रुपैयाँ युरिया मल बिक्री बितरण गरिरहेका छन् । पर्सामा मलको हाहाकार भएको छ, भने व्यवसायीहरुले कालो बजारी शुरु गरेका छन् ।

यसरि कालोबजारी भईरहँदा प्रहरी प्रसाशन मौन बसेको भन्दै किसान आक्रोशित भएका छन । जिल्ला प्रसाशन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको मौनताको कारण पर्सामा काला बजारी बढेको किसानको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि