चैत १६, २०८०, शुक्रबार
               

बढ्यो सुनको भाउ

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार  भएकोमा आज ३०० रूपैयाँ बढेर ८९ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि