जेठ ०८, २०८१, मंगलबार
               

सुनको भाउ एकैदिन १४०० रुपैयाँ घट्यो

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

आज शुक्रबार पनि सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो।

योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ६५० रुपैयाँमा झरेको छ । हिजो बिहीबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ।


कस्तो लाग्यो ?

यो पनि