बैशाख १४, २०८१, शुक्रबार
               

सुन प्रतितोला ६०० रुपैयाँले बढ्यो

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ  । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि