बैशाख २५, २०८१, मंगलबार
               

भारतबाट अब एकैपटक दुई लाख रुपैयाँ नेपाल पठाउन सकिने

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

भारतीय रिजर्व बैंकले भारतबाट नेपालमा रकम प्रेषणको सीमा बढाएको छ । बैंकले प्रति लेनदेन प्रेषण रकम ५० हजार भारतीय रुपैयाँबाट दुई लाख भारु पुर्‍याएको हो ।

भारतमा काम गर्ने नेपाली नागरिकलाई आफूले कमाएको पैसा नेपाल पठाउन सजिलो होस् भन्ने उदेश्यले यो नियम लागू गरिएको बैंकले जनाएको छ ।

यसअघि भारतबाट नेपालमा पैसा पठाउँदा एक पटकमा पचास हजार रुपैयाँ मात्र पठाउन मिल्ने व्यवस्था थियो । अब एक पटकमा दुई लाख रुपैयाँसम्म रकम पठाउन सकिनेछ ।

यसले नेपालका पूर्व भारतीय सैनिकलाई सेवानिवृत्त तथा पेन्सनसँग सम्बन्धित भुक्तानीको लागि समेत सहज हुने बैंकले जनाएको छ ।

यसका साथै रिजर्व बैंकले एक वर्षमा जति पटक पनि पैसा पठाउन मिल्ने नियम बनाएको छ । यसअघि एक वर्षमा १२ पटक मात्र पैसा पठाउन मिल्थ्यो ।


कस्तो लाग्यो ?

यो पनि