जेठ ०६, २०८१, आइतबार
               

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

बढेको मूल्यसहित आज छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सनुको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ कायम भएको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेको छ।


कस्तो लाग्यो ?

यो पनि