जेठ ०५, २०८१, शनिबार
               

पत्रकार महासंघको भवन बनाउन प्रदेश सरकारको ४० लाख सहयोग

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

बनियानी । नेपाल पत्रकार महासंघ झापा शाखा भवन निर्माणको लागि प्रदेश १ सरकारले ४० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासंघका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताए ।

यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिए ।

यसैबीच महासंघ प्रदेश १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गरे ।महासंघले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिकरूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताए ।

‘महासंघको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शीरूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो’, उनले भने, ‘यसलाई महासंघको बेवसाइटमा राखिने छ ।’

सो अवसरमा प्रदेश १ का पत्रकारलाई १० लाख रुपैयाँ बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, प्रेस युनियनकी अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन अध्यक्ष झुलन रेग्मी, नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीलगायतले शाखाले नयाँ कामको सुरुवात गरेकोमा धन्यवाद दिए ।

उनिहरुले कोरोनाको कारण सकसपूर्ण अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सबल बनाउन र पत्रकारलाई पेशाबाट पलायन हुने अवस्था आउन नदिन महासंघ जिल्ला, प्रदेश र केन्द्रले पहलकदमी गर्नुपर्नेमा सुझाव दिए । 


कस्तो लाग्यो ?

यो पनि