बैशाख २५, २०८१, मंगलबार
               

शेयरमा सामान्य सुधार

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

साताको तेस्रो कारोबार दिन मगंलबार नेप्से आज शून्य दशमलव २३ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले घटेर ५९२.८७ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ६ उपसमूहका सूचक बढेको छ भने अन्य ७ वटा उपसमूहहरू घटेका छन् । आज जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको शेयरमा हरियाली देखिएको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको एक सय १७, फाइनान्सको एक सय ४१, उत्पादनको ९० र माइक्रोफाइनान्स समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । बैंक, व्यापार, होटल, बीमा र अन्य समूहको शेयर भने घटेको छ । 

रुरु जलविद्युत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड,आन्खु खोला जलविद्युत कम्पनी लिमिटेड, अरुण काबेली पावर, माउन्टेन एनर्जी नेपाल लिमिटेड, सिइडिबी जलविद्युत विकास कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, गोर्खाज फाइनान्स लिमिटेड, फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज २२१ कम्पनीका ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँको कारोबार भएको छ 


कस्तो लाग्यो ?

यो पनि