जेठ ०५, २०८१, शनिबार
               

उकालो लाग्यो सुन चाँदीको मूल्य

नेपाल फ्ल्यास
साउन ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले वृद्धि हुँदै ९० हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदी एक हजार २०५ रुपैयाँ पुगेको हो । 

गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।  

महासंघका अनुसार आज यता तेजाबी सुन समेत बढेर ९० हजार २०० रुपैयाँ कायम भएको छ । 


कस्तो लाग्यो ?

यो पनि