बैशाख २३, २०८१, आइतबार
               

नेप्सेमा निरन्तर हाइ रेकर्ड

नेपाल फ्ल्यास
साउन २८, २०७८

ADVERTISEMENT

मंगलबारदेखि नयाँ रेकर्ड बनाउन थालेको नेप्सेले आज पनि नयाँ रेकर्ड बनाएको छ । आज नेप्से परिसूचक १६.४१ अंक बढेर ३१७९.०० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक बढेको छ ।

आज बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ । यस्तै विकास बैंकको ३४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले, उत्पादनको ९९, जीवन बीमाको ३१ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ । जलविद्युत्, होटल, व्यापार, अन्य, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ । 

आज कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन २२५ कम्पनीको १ लाख ५४ हजार ६६० पटकको कारोबारमा १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ । कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्षस्थानमा रहँदै ६२ करोड ७९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि