बैशाख २४, २०८१, सोमबार
               

नेप्से सूचकमा नयाँ रेकर्ड, विकास बैंक र फाइनान्स कम्पनीमा आकर्षण कायमै

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

काठमाडौं । मंगलबार विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सूचकमा समेत आकर्षक बृद्धि देखिएको छ। मंगलबार पनि बजार ५१ अंकले बढ्दा नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।

यस दिन नेप्से सूचक ५१.९१ विन्दुले बढेर ३१६१.५६ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १२.०९ अंकले बढेको छ। यो नेप्सेले कायम गरेको हालसम्मकै उच्च विन्दु हो ।

मंगलबार कारोबार रकम समेत १८ अर्ब नजिक पुगेको छ । यस दिन १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७८ रुपैयाँ बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर कारोबार भएको छ ।

मंगलबार पनि बिकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ । हाइड्रोपावर सेक्टरमा भने मंगलबार केही करेक्सन देखिएको छ ।

यस दिन बिकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ८.०७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको सूचक पनि ६.७८ प्रतिशतले बढेको छ। हाइड्रोपावर उपसमूहको सूचक भने ०.०७ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमस्हको सूचकमध्ये १० उपसमूहको सूचक सकारामत्मक देखिउको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिन्छ।

मंगलबार १९ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीहरुमा अधिकाश फाइनान्स र विकास बैंक रहेका छन्। बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसिएफसि फाइनान्स लगायतको कम्पनीको शेयरमूल्य उच्च रुपले बढेको छ।

यसैगरी उच्च रुपले शेयरमूल्य घट्ने कम्पनीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् । यस दिन साञ्जेन जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेको छ भने सिनजी पावरको ४.७१ प्रतिशत, खानिखोला हाइड्रोपावरको ४.२५ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ४.११ प्रतिशत र घलेम्दी हाइड्रोको ४.०२ प्रतिशतले घटेको छ।

 

 


कस्तो लाग्यो ?

यो पनि