बैशाख २२, २०८१, शनिबार
               

सामान्य बढ्यो नेप्से

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि सामान्य बढेको छ । नेप्से आज १.५४ अङ्कले बढेर ३१०९.६६ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९७ अंक घटेको छ।

सोमबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । गएकाे केही दिनदेखि उत्साहजनक रूपमा बढेकाे जलविद्युत् समूह आज पनि लयमै रह्यो । जलविद्युत् समूहको शेयर आज ११९ अङ्कले बढेको छ, यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले बढेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने घटेको छ । 

आज  १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । विशेषगरी हाइड्रोपावर र फाइनान्स समूहमा भने तेजी देखिएको छ । यी समूहका कतिपय कम्पनीहरुको भाउ १० प्रतिशतले बढेर सर्किट लागेको छ । ९ कम्पनीको भाउमा सर्किट लागेको हाे । 

६७ करोड ४८ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा अपर तामाकोशी र तेस्रोमा अपि पावर परेका छन् । आज २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि