बैशाख २५, २०८१, मंगलबार
               

आज नेप्से र कारोबार रकम घट्यो

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।

यस दिन नेप्से परिसूचक १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से १५.३० अंक बढेर हालसम्मकै उच्च विन्दु ३०९४.९५ विन्दुमा पुगेको थियो।

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१७ कम्पनीको १ लाख ६ हजार ६८२ पटकको कारोबारमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१७ प्रतिशत र विकास बैंकको १.१ प्रतिशत घटेको छ। यता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ भने लगानी उपसमूहको १.१९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । 


कस्तो लाग्यो ?

यो पनि