बुधबार शेयर बजार मापक नेप्से परिसूचकले नयाँ उच्च रेकर्ड बनाएको छ । मंगलबारको रेकर्ड तोड्दै नेप्सेले बुधबार पुनः नयाँ रेकर्ड राखेको छ ।
नेप्से सूचक १५.३० अंकले बढेर ३ हजार ९४.९५ विन्दुमा पुगेको छ। मंगलबार ३ हजार ७९.६६ विन्दुमा १५ अर्ब माथिको शेयर कारोबार भएको थियो ।
बुधबार कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ। बुधबार कारोबार आएका २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ४ उपसमूहको सूचक नकारात्मक देखिएको छ। नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स र चन्द्रागिरी हिल्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने सोल्टी होटलको ८.०६ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ८.०५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सको ७.०५ प्रतिशतले बढेको छ।
त्यस्तै, शेयरमूल्य घट्ने कम्पनीमा पञ्चकन्या माई हाइड्रोपावर, सिंगटी हाइड्रो, ग्रीन लाइफ हाइड्रोपावर, पाँचथर पावर कम्पनी, रसुवागढी हाइड्रोपावर र हिमालयन उर्जा रहेको छ ।