बैशाख १४, २०८१, शुक्रबार
               

सानिमा लाइफको आईपीओ साउन २० गते

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट आइपीओ बिक्री गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १००  रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । 

कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको  ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । उक्त आईपीओमा छिटोमा साउन २४ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा  भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि