बैशाख १४, २०८१, शुक्रबार
               

सेयर बजारमा दोहोरो अंकले वृद्धि

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

आज मंगलबार नेप्से परिसूचक सवा २९ अंकले उकालो लागेको छ । मंगलबार २९ दशमलव २४ अंकले बढेर नेप्से ३०७९.६७ को बिन्दुमा पुगेको छ । 

आज ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबारको बजारमा हाइड्रोपावरका साथै फाइनान्स कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण बढेको देखिएकाे छ । यस दिन हाइड्रोपावर उपसमूहको सूचक ३.७४ प्रतिशतले बढेको छ भने फाइनान्सको २.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमूहको ४.७४ प्रतिशतले बढेको छ। यता माइक्रोफाइनान्स उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०६ प्रतिशतले घटेको छ।

आज सबैभन्दा एनआइसी एशिया बैंकको ४९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ४८ करोड ३२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ३६ करोड २४ लाख, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख र नेश्नल हाइड्रोपावरको ३५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 


कस्तो लाग्यो ?

यो पनि