बैशाख २५, २०८१, मंगलबार
               

अहिलेसम्मकै उच्च विन्दुमा नेप्से

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

हप्ताको पहिलो दिन शेयर बजार काराेबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ । 

योसँगै नेप्सेले ४१ दिनअघिको उच्च अंकको रेकर्ड तोडेको छ । यसअघि जेठ ३१ गते ३ हजार २६ अंकको रेकर्ड बनेको थियो। आज दुई सय २३ कम्पनीका चार करोड ४१ लाख कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । 

आज बैकिङ समूहकाे शेयर ७२ अङ्कले, ब्यापार २, विकास बैंक १३, जलविद्युत ७१, फाइनान्स २४, निर्जीवन बीमा ४८, उत्पादन ७१, अन्य ६, माइक्रोफाइनान्स ८६ र जीवन बीमा समूह ३० अंकले बढेका छन्। 

होटल तथा पर्यटन भने २२ अंकले घटेको छ । लक्ष्मी उन्नति कोष, कुमारी इक्विटी फन्ड र लक्ष्मी डिबेन्चरको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि