बैशाख २५, २०८१, मंगलबार
               

१८.७५ अंकको वृद्धिसँगै ३ हजारमाथि पुग्यो नेप्से

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेप्से परिसूचक तीन हजार माथि उक्लिएको  छ । साताको अन्तिम कारोबार दिन समेत रहेको नेप्से १८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ । आज बैंकिङ्ग हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु चम्किदा समग्र नेप्सेमै सकारात्मक प्रभाव पर्न गएको हो । 

यस दिन कुल २२२ कम्पनीका ५ करोड ५९ लाख कित्ता माथिको सेयर १ लाख १४ हजार पटक माथि किनबेच हुँदा अधिकतम ११ अर्ब ११ करोड ४१ लाख माथिको कारोबार भएको छ । 

बुधबार सार्वजनिक विदा पर्दा सेयर बजारमा कुनै कारोबार हुन सकेको थिएन । 


कस्तो लाग्यो ?

यो पनि