जेठ ०६, २०८१, आइतबार
               

सुनको मूल्य ६०० रुपैयाँले घट्यो

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रबार बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ६०० रुपैयाँले नै घटेर ९२ हजार १०० रुपैयाँ कायम भएको छ ।  

यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि