बैशाख २४, २०८१, सोमबार
               

युनियन लाइफको आईपीओ बाँडफाँड

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ । आईपीओ बिक्री गरेको तेस्रो दिनमै युनियन लाइफको आईपीओ बाँडफाँड गरिएको हो ।

आज साँझ ५ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच युनियन लाइफ आईपीओको बाँडफाँड गरिएको हो। 

यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। युनियन लाइफले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्। 

गोलाप्रथामा सहभागी हुन २१ लाख १२ हजार ७९९ आवेदन सदर गरिएको छ। तीमध्ये  भाग्यमानी ५ लाख ८० हजार ५०० आवेदकले गोलाप्रथाबाट १०/१० कित्ताका दरले सेयर पाएका छन्।


कस्तो लाग्यो ?

यो पनि