जेठ ०१, २०८१, मंगलबार
               

काठमाडौंमा तरकारीको मूल्य दोब्बर

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा तरकारीको मूल्य दोब्बर भएको छ । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा र वर्षातमा उत्पादन घट्दा तरकारी आपूर्ति कम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ । लकडाउन केही खुकुलो भएसँगै महंगी बढेपछि उपभोक्ता मारमा परेका छन् ।

गत महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।

काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहारीमा पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि