बैशाख २४, २०८१, सोमबार
               

आज नेप्से र कारोबार रकम बढ्यो

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

आज नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएकाे छ ।  साताको पहिलो कारोबार दिनदेखि नै निरन्तर ओरालो लागिरहेको नेप्से आज २३.७६ अंक बढेर २८२४.८९ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०६ अंक बढेको छ।

यस दिन कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन अर्थात बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको बजारमा यस दिन २२३ कम्पनीको ५१ हजार ८६८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


कस्तो लाग्यो ?

यो पनि