जेठ ०२, २०८१, बुधबार
               

सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडाैं । केही दिनयता लगातार बढिरहेको सुनको मूल्य बुधबार थप ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो । 

गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । 
तर, यता चाँदीको मूल्य भने गत मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार ३२० रुपैयाँमा झरेको महासंघले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि