बैशाख २५, २०८१, मंगलबार
               

सेयर बजारमा लगातार गिरावट, ४ अर्बमा खुम्चियो कारोबार

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

सेयर बजारमा लगातारको गिरावटपछि सोमबार अनपेक्षित संकुचन आएको छ । ११.७८ अंकको गिरावट आएको बजारमा अधिकतम कारोबार रकम ४ अर्बमा झरेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.७८ अंकले घटेर २ हजार ८२२.७३ विन्दुमा झर्दा कारोबार रकम भने साढे ४ अर्ब अर्थात् ४ अर्ब ५८ करोड हारहारीमा मात्र भएको हो ।

आज कुल २२४ कम्पनीका एक करोड ६३ हजार ६३६ कित्ता सेयर ५२ हजार ८४६ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ । यसदिन व्यापार, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड, लगानी लगायत अन्य समूह धनात्मक (पोजेटिभ) हुँदा अन्य सबै समूहहरु ऋणात्मक भएका छन् ।

गत आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको थियो भने बजारमा ५ अर्ब ५ करोड ३५ लाखको सेयर कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि