बैशाख २५, २०८१, मंगलबार
               

आइतबार नेप्से र कारोबार रकममा गिरावट

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

आइतबार नेप्से सूचक सामान्य गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । गत बुधबार र बिहीबार सामान्य बढेको बजार आइतबार पुनः घटेको हो ।

यस दिन नेप्से सूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि सामान्य घटेको छ। कारोबार रकम पनि पछिल्लो समय लगातार घट्दो क्रममा छ। आइतबार कारोबार रकम ५ अर्बकै हाराहारीमा झरेको छ ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ। आइतबार होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ।

२२४ कम्पनीको १ करोड ८ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । २१ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र अपर तामाकोशी परेका छन् । 

आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि